यस्तो छ आजको सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौं । असार २१, नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

त्यस्तैगरी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय २५ रूपैयाँ रहेको छ ।

 

प्रकाशित : 5 July, 2021

प्रतिक्रिया दिनुहोस्