देवयानी र दीपेन्द्रको प्रेम सम्बन्धको चर्चा, नेपालकी रानी बन्न नसकेकी देवयानी

काठमाडौं । असार २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देवयानी राणालाई नचिन्ने नेपाली सायद कम नै होलान् ।
देवयानी र दीपेन्द्रको प्रेम सम्बन्धको त्यतिबेला निकै चर्चा चलेको थियो । उनलाई विवाह गर्न नपाएर तत्कालीन युवराज दीपेन्द्र शाहले परिवारको हत्या गरी आफूले देहत्याग गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।
२० वर्ष अघि भएको दरबार काण्डपछि देवयानी देवयानी नेपाल बाहिर काम गर्न पुगिन् । उनले संयुक्त राष्ट्र संघमा काम गरिन् । जेनेभामा स्विजरल्यान्ड वल्ड इकोनोमिक फोरममा काम गरिन् भने भारतको सिग्रोलीका पूर्वराजपरिवारका सदस्य ऐश्वर्या सिंहसँग विवाह गरिन् ।
यसै क्रममा बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एशियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ । राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन् ।
त्यसैगरी राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रमा कार्यानुभव रहेको छ । यसबाहेक उनी रणनैतिक व्यावसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व र दिगोपनालगायतका क्षेत्रमा उनीसँग वर्षौँ लामो अनुभव छ ।
राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन् । क्याटरपिलर इन्डियासँग जोडिनुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा समेत आबद्ध थिइन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन्।
एजेन्सीहरुको सहयोगमा ।