यस्तो छ आजको मौसम

सहयात्रा टिभी

काठमाडौं । असार २२, देशमा हाल मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

त्यस्तैगरी प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरीएको छ ।

अन्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको दैनिक बुलेटिनमा भनिएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताईएको छ ।

 

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्