सुनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार २३, नेपाली बजारमा सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ ।

त्यस्तै छापावाल सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढाएको छ । प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको थियो । बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार भन्दा १० रुपैयाँ घटेको चाँदी १ हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्