कोरोना अपडेटः थप २ हजार ९७९ कोरोना संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं । असार २३, नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ८ सय ३५ पीसीआर र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ३२७ जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले नेपालमा सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।