ओप्पोविरुद्ध नोकियाले हाल्यो मुद्दा

सहयात्रा टिभी

काठमाडौं । असार २८, फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

त्यस्तै स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्योरिटी फिचरलगायतका विभिन्न विषयका प्याटेन्टको उल्लंघन भएको भन्दै नोकियाले ओप्पोविरुद्ध मुद्दा हालेको बताईएको हो ।

सन् २०१८ मा बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको थियो, जसको अवधि सकिइसकेको छ भने ओप्पोले उक्त सम्झौता नवीकरण गर्ने आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै नोकियाले सम्झौता समाप्त भएपश्चात् पनि ओप्पोले आफ्नो प्याटेन्टहरुको प्रयोग गरेको हुनाले ऊविरुद्ध कानूनी कारबाहीमा उत्रिने निर्णय गरिएको नोकियाले बताएको छ ।

त्यसैगरी ओप्पोले आफ्नो तथा तेश्रो पक्षको बौद्धिक सम्पत्ति अधिकारको सम्मान तथा संरक्षण गर्दछ र यस उद्योगमा पेटेन्ट लाइसेन्सिंग सहकार्यलाई विस्तार गर्न प्रतिबद्ध छ ।नोकियाका प्रवक्ताले चाहिँ पछिल्लो विवादको समाधानका लागि सिर्जनशील मार्ग बाँकी रहेको जनाएका छन् ।

एजेन्सीको साथमा ।

प्रकाशित : 12 July, 2021

प्रतिक्रिया दिनुहोस्