नेप्सेमा १६ अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार २९, सेयर बजारको परिसूचक नेप्सेमा मंगलबार १६ अंकको वृद्धि भएको छ ।

त्यस्तै कारोबार रकम झण्डै आधा घटेको छ। हिजो ९ अर्ब ९८ करोडको सेयर किनबेच भएकोमा आज ५ अर्ब ५४ करोडमा खुम्चिएको छ भने आजको कारोबारपछि बजारको पुँजीकरण ३९ खर्ब ९३ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ १४, ब्यापार ८, होटल तथा पर्य६न १९, विकास बैंक ७०, जलविद्युत १३, फाइनान्स ९३, निर्जीवन बीमा १४, उत्पादन ५, अन्य ८ र माइक्रोफाइनान्स ३३ अंकले बढेका छन्।

सेन्ट्रल फाइनानान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसिएफसी फाइनान्सको मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ। मूल्य घट्ने कम्पनीको गिरावट दर २ प्रतिशत मुनि रह्यो। सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै १.६ प्रतिशतले मूल्य घटेको छ।

 

 

प्रकाशित : 13 July, 2021

प्रतिक्रिया दिनुहोस्