नेप्सेमा आज सामन्य अंकले बृद्धि, पाँच अर्ब ६५ करोडको कारोबार

सहयात्रा टिभी

काठमाडौं । असार ३०, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार झिनो अंकले बृद्धि भएको छ ।

आज नेप्से १.१ अंकले बढेर दुई हजार आठ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ भने ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।

त्यस्तैगरी, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्