पेट्रोलियम पदार्थको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार ३१, नेपाल आयल निगम लिमिटेडले मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ।

समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ।

 

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्