बाढी पहिरोका कारण म्याग्दीमा ८५ घर भत्किए

म्याग्दी । असार ३१, म्याग्दीमा यस वर्षको मनसुन शुरु भएयताको बाढी तथा पहिरो जस्ता प्राकृतिक क्षतिले ८३ घर भत्किएका छन् ।
त्यस्तै १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई तीन लाख राहत उपलब्ध गराएको छ ।
पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले जनाए ।
गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ४० वटा घर बनाएको छ ।