धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क

धरान । असार ३१, धरानमा बस बसपार्क बन्ने भएको छ ।
लामो समयदेखि भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ ।
सो कार्यका लागी धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।
ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बसपार्कका लागि मात्र करीब ३० कठ्ठा जमीन चाहिने भएको छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कठ्ठा हाराहारी खाली जग्गा पनि रहेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ ।
त्यस्तै भुईतलालाई १२ वटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् ।