कुखुरा मासुको मूल्य बढ्यो, किलो को कति?

काठमाडौं । साउन ३, कोभिड–१९ को कारण उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ।
चल्ला, दानाको भाउ वृद्धि तथा कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए
त्यस्तै निषेधाज्ञा हुँदा किसानले कम चल्ला राखेकाले त्यसको असर अहिले बजारमा देखिएको हो। कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रूपैयाँ किलोसम्ममा बेचेका छन्।
उपत्यकामा खुद्रा बिक्रेताले कुखुराको मासु शनिबार किलोको चार सय १५ रूपैयाँमा बिक्री गरे। काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रूपैयाँमा बिक्री भएको छ।