सुनको मूल्यमा बढ्यो, चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ४, सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलाामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १३९५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्