चितवनमा दुई गैँडा मृत फेला, खाग र खुर भने सुरक्षित

चितवन । साउन ४, आइतबार चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन्।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरानजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो।
उनका अनुसार बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए।
यसैगरी, अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ। नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो। ती गैँडाको खाग र खुर भने सुरक्षित नै रहेको उनले जनाए ।