केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः थप २४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन ४, २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

त्यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।

 

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्