साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

सहयात्रा टिभी

काठमाडौं । साउन ५, नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

त्यस्तै साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्ने मितिको मुखैमा सरकार परिवर्तन हुँदा नयाँ अर्थमन्त्रीले यसमा चासो देखाएपछि केही ढिलाइ भएको बुझिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकिसकेको छ ।

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्