म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । साउन ८, बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर म्याग्दी जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो ।
मुलुकका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको बेला म्याग्दी जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजनको उत्पादन हुन थालेको हो ।
त्यस्तैगरी अस्पतालका सबै शैयामा पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएको र निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पारिरहेको बताईएको छ ।