चितवनमा ९२ प्रतिशत रोपाइँ सम्पन्न

चितवन । साउन १०, चितवनमा हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी रहेको बताईएको छ।
त्यस्तै केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ।
पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ सुरुवात गरिन्छ। साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ। यस वर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उनको भनाइ छ।
गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धान लगाइएको थियो। चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ।