सेन्टेनिअल मा.वि. जोरपाटीमा दन्त सचेतना कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । साउन १०, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका अन्तर्गतको जुबी पेट्रोल पम्प नजिक अवस्थित डेन्टल पार्क प्रा.ली.को प्राविधिक सहयोग तथा काठमाडौं जिल्लाकै जोरपाटीमा अवस्थित सेन्टेनिअल माध्यमिक विद्यालयको आयोजनामा दन्त तथा मुख स्वास्थ्य सम्बन्धि १ दिने सचेतनामूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

दन्त शल्य चिकीत्सक डा.सविता सिग्देलले उत्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सो कार्यक्रममा सहभागि विद्यार्थी, शिक्षक, अभिभावक गरी ७४ जनासँग विषयवस्तुसँग सम्बन्धित अन्तरक्रियामा विभिन्न प्रश्नको उत्तर दिंदै डाक्टर सविताले दन्त सुरक्षा तथा मुख स्वास्थ्य सुरक्षा सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक अभ्यासको बारेमा विशेष जानकारी गराउनु भएको थियो ।

अन्तरक्रियात्मक सो कार्यक्रम बिहान १०ः३० बजे शुरु भई ११ः४५ बजेसम्म संचालन भएको थियो । कार्यक्रमको संयोजन सुशील आचार्यले संयोजन गर्नु भएको उक्त कार्यक्रम zoom meeting मार्फत संचालन गरिएको थियो ।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्