आज शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा

सहयात्रा टिभी

काठमाडौं । साउन १०, आज आइतबार शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको छ ।

आज सूचक ५४.३१ अंकले बढेर ३०५८.६४ को विन्दुमा पुगेको हो ।

त्यस्तै कारोबारमा आएका २२३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर खरिद बिक्रिबाट १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

ती मध्य नेपाल बैंकको सबै भन्दा धेरै ४९ करोड ७६ लाख , ग्लोबल आईएमई बैंकको ४९ करोड ४३ लाख , र एनसीसी बैंकको ३४ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

त्यसैगरी विशाल बजार कम्पनी, ङ्गादी पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी हाइड्रो, पन्चकन्या माई हाइड्रो, कालिका पावर, जोशी हाइड्रो, युनिभार्सल पावर, र हिमालयन उर्जा विकास कम्पनीको शेअर मूल्य १० प्रतिशतले बढेको हो ।

आज बैंकिंग समुह सबै भन्दा धेरै ३.४३ प्रतिशत र हाइड्रोपावर समुह २.३९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्