६० हजारले लियो १५ वर्ष, पश्चाताप र नैराश्यता

सहयात्रा टिभी

चितवन । साउन १०, चितवनको एक व्यक्तिले ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु परेको छ ।

राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ परे ।

त्यस्तै जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उनको निवासमा पुग्दा उनी काममा व्यस्त थिए । घरमै मदिरा पसल शुरु गरेका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उनका आँखा आँशुले रसाएका थिए ।

चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उनले भने, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उनी निकुञ्ज पुगे । तस्कर टोलीको भरियाको काम उनले गरे । काम फत्ते भएमा ६० हजार पाउने लोभ उनलाई दिइयो ।

पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सकेनन् । दुई महिनाको आवत जावतपछि ठोरीबाट उनी पक्राउ परे ।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्