उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप

सहयात्रा टिभी

काठमाडौं । साउन ११, काठमाडौं उपत्यकामा साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

आइतबार बसेको उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी सबै प्रकारका सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए।

मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाउने उनको भनाई छ । पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्