भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । साउन १३, भारतको उत्तर प्रदेशस्थित बाराबंकी जिल्लामा रोकिराखेको बसलाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ ।

मंगलबार मध्यराति भएको उक्त दुर्घटनामा २३ जना भन्दा बढी घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमा एक महिला पनि रहेको जानकारी दिइएको छ ।

हरियाणाबाट बिहारतर्फ गइरहेको बसलाई तीव्र गतिमा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

दुई तले उक्त बसमा १५० जना यात्रु सवार थिए । पञ्चाब, हरियाणामा काम गर्ने अधिकांश मजदुर सवार उक्त बसको एक्सल भाचिएपछि मर्मतका लागि सडक किनारामा रोकिएको थियो । मर्मतका लागि केही समय लाग्ने भएपछि यात्रुहरू बसको अगाडि सडक र छेउछाऊमा आराम गरेर सुतिरहेको अवस्थामा अच्चानक पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा घटनास्थलमै ११ जनाको र ७ जनाको अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्