एका बिहानै आयो यस्तो दुःखद् समाचारः ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मुत्यु

सहयात्रा टिभी

झापा । साउन १३, मंगलबार राति साढे १० बजे झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले बताएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्