गुल्मीमा जीप दुर्घटनापरी ३ जनाको मृत्यु

गुल्मी । साउन १३, गुल्मीमा जीप दुर्घटना भएको छ ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।
घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । मृतकको सनाखत हुन कसेको छैन ।
अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी छ ।