विजय शाहीको मृत्युको खबर यसरी भयो भाइरल

सहयात्रा टिभी

काठमाडौं । साउन १३, विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्युको खबर हाल सामाजिक सञ्जालमा फैलिएको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको उनले जानकारी दिए ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । उक्त पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिए ।

मंगलबार दिउँसो विजय विरामी भएर बेहोस भएका थिए । उनको उपचारका लागि परिवारले अस्पताल लैजाँदै गर्दा बाटोमा होस खुलेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई बाटोबाटै घर फर्काएका थिए ।

 

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्