नेप्सेमा आज १५.१३ अंकको गिरावट, करिब ११ अर्बको कारोबार

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ ।

नेप्से १५.१३ अंकले घटेर तीन हजार ७९ दशमलब ८२ विन्दुमा पुगेको छ ।

आज १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै शेयरमूल्य बढ्ने कम्पनीहरुमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।

नेप्सेका अनुसार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्था शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.१० कायम भएको छ ।

गुडविल फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्