चोरी वा हराएको फोनको डाटा यसरी अनलाईनबाट मेटाउन सकिन्छ, एक पटक यो जानकारी पढ्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । साउन १४, फोन चोरी हुँदा होस वा फोन हराउँदा फोनमा भएका व्यक्तिगत तथा परिवारका फोटोहरू भाइरल हुने डर हुन्छ।

अनलाइन डाटा यसरी मेट्नुहोस्:

तपाईँको फोन चोरी भएको वा हराएको छ भने तपाईले आफ्नो स्मार्टफोनको डाटा अनलाइनबाट मेट्न सक्नुहुनेछ।

यस्ता छन् प्रक्रियाः

  1. सबै भन्दा पहिले, एक कम्प्युटर वा अन्य कुनै फोनमा एक इन्टरनेट ब्राउजर खोल्नुहोस्।
  2. यहाँ तपाईंले https://wwwogoogle.com/android/find टाइप गर्नुपर्नेछ।
  3. अब तपाईले आफ्नो त्यहि जीमेल आईडी लगइन गर्नुपर्छ जुन स्मार्टफोनमा पनि छ।
  4. तपाईंले प्ले साउण्ड, सेक्योर डिभाइस र इरेज डिभाइसको तीन विकल्पहरू देख्नुहुनेछ।
  5. यसबाट फोनको डाटा मेट्न, तपाईंले इरेज डिभाइसमा क्लिक गर्नुपर्नेछ।
  6. एक पटक तपाईंले फेरि क्लिक गरेपछि तपाईंले जीमेल पासवर्ड प्रविष्ट गर्नुपर्नेछ।
  7. अब यदि तपाईंको फोनमा इन्टरनेट कनेक्सन छ भने तपाईं आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ।

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्