कर्णाली नदिमा डुङ्गा पल्टिदाँ ३ बेपत्ता

सहयात्रा टिभी

कैलाली । साउन १७, कर्णाली नदिमा डुङ्गा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ रागाँ मलेका दश जना डुङ्गा दुर्घटनामा परेका हुन् ।

चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा दुर्घटनामा परेका छन् । बेपत्ता हुनेमा कैलाली मोहन्याल गाउँपालिका वडा न। ०३ की २० वर्षया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षकी पार्वती थापा रहेका छन् । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान र खोजी कार्य गरिरहेको छ ।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्