आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

सहयात्रा टिभी

काठमाडौं । साउन २०, सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

त्यस्तै कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ । सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्