आज गठेमंगल–नेवार समुदायले गथांमुगः चः¥हे पर्व मनाउदैं

भक्तपुर । साउन २२, प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गथांमुगः चः¥हे पर्व मनाइन्छ ।
त्यस्तै उपत्यकामा रहेका नेवार समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर राक्षसलाई जलाउने परम्परा रहेको छ ।
मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।
त्यसैगरी परापूर्व कालमा दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ ।