सात दिनको नवजात शिशुलाई काखमा च्यापी कक्षा ११ को परीक्षा

म्याग्दी । साउन २२, म्याग्दीमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले कक्षा ११ को परीक्षा दिइरहेकी छन् ।
धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्।
प्रधानाध्यापक हरिकृष्ण सुवदीका अनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छन् । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिए ।