दुई गाउँ जोड्ने झोलुङ्गे पुल, एक घण्टाको बाटो दश मिनेटमै

बागलुङ । साउन २२, बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका लेखानी र कादेश गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो ।
तयस्तै गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार हुन लागेको हो । इञ्जिनीयर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी रहेको छ ।