यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ३६ पैसा र विक्री दर ११८ रुपैयाँ ९६ पैसा रहेको छ भने, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र विक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र विक्रीदर ८७ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६० पैसा र विक्रीदर ९५ रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ७० पैसा र विक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १३० रुपैयाँ ३३ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७८ पैसा र बिक्री दर १० रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ युआन आज एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

उता, साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५६ र विक्री दर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५१ पैसा र विक्री दर ३२ रुपैयाँ ६७ रुपैयाँ रहेको छ ।

प्रकाशित : 8 August, 2021

प्रतिक्रिया दिनुहोस्