सुमो दुर्घटनाहुँदा चालकको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । साउन २४, काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा सुमो चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।


