आगामी चैतभित्र पोखरा विमानस्थलमा परीक्षण उडान

काठमाडौं । साउन २६, आगामी चैतभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने भएको छ ।
निर्माणाधिन विमानस्थलको यही वर्ष प्राविधिक तथा अन्य निर्माणको काम पूरा गरी परीक्षण उडान गर्ने योजनाअनुसार काम भैरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनकर्मीले बताए ।
त्यस्तै कोभिडपछि करिब विमानस्थलमा कार्यरत ७ सय जनशक्तिमध्येमा ८० जनालाई कोभिड–१९ संक्रमित भएको र पछिल्लो समयमा यही कारण तीन सय जनशक्तिमात्र कार्यरत रहेको प्रमुख मुनकर्मीको भनाइ रहेको छ ।
सन् २०२१ को जुलाई १० सम्म निर्माण पूरा गरी पहिलो परीक्षण उडान गर्ने योजना आयोजनाको लक्ष्य भएपनि पछिल्लो समय देखिएको कोभिडका साथै प्राविधिक तयारी अपुग भएपछि १ वर्ष म्याद थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।