चट्याङ लागेर २ को मृत्यु, ५ घाइते

सहयात्रा टिभी

गुल्मी । साउन २८, गुल्मीमा राती परेको चट्याङमा परी दुई जनाको मृत्यु भएको छ ।

इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिकाकी २८ वर्षीया कमला प्रतेल रहेका छन् ।

चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ ।

 

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्