तपाई आफ्नो घरमा कुचो कुन दिशामा राख्नुहुन्छ? विचार गर्नुहोला नत्र घरमा बर्बादी निम्त्याउँछ

काठमाडौं । साउन २८, शास्त्रहरूका अनुसार तपाईंको भाग्य ठीक छ तर वास्तु गडबड छ भने प्रयास गरेकोभन्दा आधी फल मात्र पाइन्छ।
ईशान कोण र नैऋत्य कोणलाई ठीक राख्दा हाम्रो वास्तु ठीक हुन्छ। ईशान भन्नाले उत्तरपूर्वी कोण हो । यस कोणमा अपवित्र वस्तुहरू अनि फोहोरहरू नराख्नुहोला। भारी वस्तु जस्तै फलाम आदि पनि नराख्नुहोला । यस दिशामा बिर्सेर पनि शौचालय नबनाउनुस्।
पत्याउनु हुन्न भने ईशान कोणमा कुचो राखेर हेर्नुस् त । बेलुकासम्ममा तपाईंको कसै न कसैसँग झगडा हुन्छ। यो कुनामा मन्दिर बनाउनुस् र भगवानलाई स्थापित गर्नुस् ।
ईशान कोणमा इनार ना नहर भयो भने त्यहाँको जमीन हराभरा हुन्छ । विद्यालय छ भने बच्चाहरू सफल हुन्छन्, अस्पताल छ भने बिरामी छिटो ठीक हुन्छन्, व्यापारी धनी र सम्पन्न हुन्छन् । होटेल होस् वा बहुतल्ले भवन, फ्याक्ट्री होस् वा व्यापारिक कम्प्लेक्स ईशान कोणको रक्षा गर्नुपर्छ।