भालुको आक्रमणबाट २ जना घाइते

जुम्ला । साउन २८, जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् ।
सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएका हुन् । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
भालु बिहीबार बिहान ५ बजेतिर चन्दननाथ नगरपालिका ५ कार्किबाडामा पसेको थियो । जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उक्त, भालुको खोजी कार्य भइरहेको छ ।