आज ३ कम्पनीको संस्थापक शेयर खरिद गर्ने अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । साउन २९, साउन १९ गतेदेखि लिलामीमा आएको एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर खरिद गर्ने शुक्रवार अन्तिम दिन रहेको छ ।

यस अघि पनि पटक पटक लिलामीमा विक्री गरी बाँकी रहेको मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता, नागरिक लगानीकोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्रको ३ लाख १० हजार १६५ कित्ता शेयर पुनः लिलामीमा आएको हो ।

यी शेयर खरिदका लागि बोलकबोल गर्न प्रतिकित्ता न्यूनतम मूल्य मेरो माइक्रोफाइनान्सको रू ५९५, नागरिक लगानीकोषको रू १ हजार ४६३ र आरएमडिसी लघुवित्तको रू ५०६ तोकिएको छ । यी शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

 

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्