साताको अन्तिम दिन आज सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २९, नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ८९ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएकोमा आज ३ सयले बढेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ५० रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्