सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ तोकेको छ । शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

यता चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँ बृद्धि भएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार २०५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्