सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ को कारोबार

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार एकैदिन १ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रूपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस अघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको बताए ।

त्यस्तै मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ ।

कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ ।

 

प्रकाशित : 15 August, 2021

प्रतिक्रिया दिनुहोस्