अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ ।

तस्वीर : एएफपी

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले अफगानिस्तानस्थित सम्बद्ध रोजगारदाता संयुक्त राष्ट्रसंघ तथा अन्य कुटनीतिक नियोगहरुलाई आफ्नो नियोगमा कार्यरत रहेका नेपालीहरुलाई सुरक्षित घर फर्काउन सहजीकरण गरिदिनका लागि औपचारिक रुपमा अनुरोध गरिएको जनाएको छ ।

साथै, नेपाल फर्कने शिलशिलामा कुनै सल्लाह, सुझाव,समन्वय एवं सहयोग आवश्यक परेमा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको +९१ ८९२९६०१९२५ नम्बर तथा दूतावासले उपलब्ध गराएको इमेल ठेगानामा सम्पर्क गर्न अनुरोध गरिएको जनाएको छ ।

अफगानिस्तानमा करिव १५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्