धादिङमा बस र ट्रक ठोक्किँयोः १ को मृत्यु, १२ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, धादिङमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीमा बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गए राति करिब २ बजे आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको गल्छीस्थित अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्