ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सहयात्रा टिभी

बर्दिया । साउन ३२, ट्रकको ठक्करबाट जिल्लामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–८ का चेतन बोहोरा र सोही ठाउँका प्रदिप चौधरी रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्