मौसम जानकारीः भारी वर्षाको सम्भावना

काठमाडौं । भदौ २, हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।