बिल बिनाको गहनासहित २ जना पक्राउ

सहयात्रा टिभी

बर्दिया । भदौ २, बिल भरपाई नभएका सुनका गहनासहित बर्दिया प्रहरीले गुलरिया नगरपालिका – ७ का २४ वर्षीय दिपेन्द्र सिंह र ३ का २३ वर्षीय अशोक लोधलाई नियन्त्रणमा लिएको छ।

गुलरिया नगरपालिका–८ स्थित भादापुलमा चेकजाँचका क्रममा पूर्वतर्फबाट पश्चिम गैरहेको अवस्थामा स्कुटरमा सवार उनीहरुलाई बिल भरपाई नभएका सुनका गहना बोकेको आरोपमा पक्राउ गरिएको हो।

खानतलासीका क्रममा स्कुटीको डिक्की भित्र राखेको करिब ६ लाख ४८ हजार ५सय ५ रुपैयाँ मुल्य बराबरको ८६ दशमलव ६४ ग्राम सुनका गरगहना फेला परेको शाहिले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा एउटै स्कूटरमा शंकास्पद रुपमा दुईवटा नम्बर प्लेट राखेको पाइएपछि खोजतलास गर्दै जाँदा सुनका गरगहना फेला पारिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । –केशव कोइराला

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्