काठमाडौंको तारकेश्वरबाट २ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ २, काठमाडौंको तारकेश्वर नगरपालिका– ८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्