सुनको मूल्यमा गीरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, बिहीबार सुनको मूल्य चार सयले घटेर तोलाको ९० हजार ८ सयमा कायम छ।

त्यस्तै अघिल्लो दिन सुन ९१ हजार दुई सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ११ सय ८० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलाको १२ सय ५ रुपैयाँ थियो।

 

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्